पोखराको वन विज्ञान क्याम्पस नजिक युवकको हत्या
  • प्रमुख खबर

पोखरा ।।

पोखरा महानगरपालिका–१५ वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।

वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।

अहिले प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको घन प्रहार गर्ने व्यक्ति को हुन् भने बारे अनुसन्धान थालेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्