पाेखरा ।।
पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । बुधबार पोखरा–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेर दुर्घटना भएको हाे ।
उक्त दुर्घटनामा परेका २ पाइलट र २ जना पर्यटनकाे सशस्त्र प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएका सुरक्षा फौजले उनीरुलाई दिउँसो करीव ३ बजे सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा अग्नि प्याराग्लाइडिङका पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङका पाईलट २८ वर्षीय विश्वास अधिकारी रहेका छन्।
त्यस्तै प्याराग्लाइडिङ गरेका पर्यटकहरुमा भारतको बनारस घर बताउने ४१ वर्षिय अकलेस यादव र ३५ वर्षीय चन्दन कुमार पटेल रहेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।











