पोखरामा होटलको छतबाट खसेर मृत्यु
  • प्रमुख खबर

पोखरा ।।

बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रानीवन घर भएकी ३२ वर्षीया सरीता भण्डारी पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

‘बुटवलबाट जेठ २९ गते पोखरा घुम्न आएकी भण्डारी होटलको छतबाट खसेर गम्भिर घाइते भएकी थिइन् ।’ बस्नेतले भने, ‘ होटलको छतबाट खसेर गम्भिर घाइते भएकी भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’

गत विहीबार दुई छोरा र श्रीमानसहित सरीता पोखरा घुम्न आएकी थिईन् । श्रीमान् अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्