पोखरा ।।
आज देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा,हिमपातको सम्भावना रहेको छ। देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।











