१०३औँ समता सांगीतिक कार्यक्रम सम्पन्न, विविध प्रस्तुतीले कार्यक्रम उल्लासमय
  • सन्तोष पराजुली

पोखरा, असार १४

विश्व संगीत दिवसको सन्दर्भ पारेर पोखरेली युवा सांस्कृतिक परिवार, पोखराद्वारा आयोजित १०३ औँ समता सांगीतिक कार्यक्रम शनिबार बिन्ध्यवासिनी मन्दिर सभाहल, बिन्ध्यवासिनी भव्य रूपमा सम्पन्न भएको छ। “साहित्य, कला र संगीतको उत्सव : हाम्रो प्रण” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा विविध सांगीतिक प्रस्तुतीहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा विभिन्न विद्यालय, संगीत संस्थान तथा स्वतन्त्र कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो। असार विशेष कार्यक्रम भएका कारण कार्यक्रममा विशेषगरी पानीसँग सम्बन्धित गीतहरू गाइएको थियो। कार्यक्रममा आर्जव पौडेल, अमित बिक, प्रशंसा ढुङ्गाना, प्रज्वल राई, गोमा घिमिरे, सबिना सुनाम, कल्पना पोखरेल, प्रसङ्ग ढुङ्गाना, प्रशान्त तामाङ, भगवती सुवेदी, मनिष राई, प्रदिप सारु, झलक गुरुङ, पिङ्गला अधिकारी, सानु जोजिजू, तिलक बराल मगर, जय चापागाईं, एमडी काफ्ले लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

युवा प्रतिभाहरूको साथमा अनुभवी कलाकारहरूको समन्वयले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको थियो। कार्यक्रमलाई सफल बनाउन किबोर्ड र हार्मोनियममा प्रशिक्षक रोम तामाङ, तबला र मादलमा मिलन गिरी, गितारमा प्रतीक सापकोटा, बाँसुरीमा आर्जव पौडेल, काजोन/क्याजोन, टेम्पोरियम र मादलमा अभिषेक भुसालको महत्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रमलाई भव्य बनाउन साउन्ड सिस्टमको लागि जय चापागाईंले भूमिका खेलेका थिए भने कार्यक्रमको सञ्चालन पोखरेली सांस्कृतिक युवा परिवारका सचिव एमडी काफ्लेले गरेका थिए।

पोखरेली युवा सांस्कृतिक परिवारले युवाहरूको कला र संगीतप्रतिको लगावलाई उजागर गर्न र सांस्कृतिक चेतना विस्तार गर्न निरन्तर यस्ता कार्यक्रम गर्दै आएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्