पोखरा ।।
पाेखरामा रहेर विगत ४ दशकदेखि अनवरतरुपमा भाषा, साहित्य र संस्कृतिकाे जगेर्ना गर्दै आएकाे शुक्ला साहित्य प्रतिष्ठान पाेखरा १६ बाटुलेचाैरले आगामी श्रावण ३१ गते जन्माष्टमिकाे पावन अवसरमा आयाेजन गरिने भएकाे २६ औ संस्करणकाे राष्ट्रिय कृष्णभजन प्रतियाेगितालाई भव्य सभ्य र धार्मिक वातावरणका साथ सम्पन्न गर्नका लागि यतिखेर पाेखरा १६ र १९ मा रहेका स्थानीय आमा समूह तथा विभिन्न सामाजिक संघसंस्थाहरु संग परामर्श सङ्कलन एवम् अन्तरकृया कार्यक्रम अघि बढाएकाे छ ।
अन्तरकृयाकै क्रममा शनिवार पाेखरा १६ लामाचाैर वानियाँपथ स्थित जालपादेवी महिला सामूदायिक विकास समितिकाे भवनमा स्थानीय आमा समूह तथा विभिन्न सामाजिक संघ संस्थाहरु बिच अन्तरकृया कार्यक्रम आयाेजन ग-याे ।
कार्यक्रममा स्थानीय आमा समूह तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले भजन शुक्ला साहित्य प्रतिष्ठानले आयाेजन गर्दै आएकाे भजन प्रतियाेगिता प्रतियाेगिता मात्र नभएर याे कार्यक्रम पाेख्रेलीहरुकाे संस्कृति सम्वर्धनकाे मेला संगै बाटुलेचाैर मैदानकाे ऐतिहासिक पहिचान पनि भएकाेले यस कार्यक्रमलाई विगतका वर्षहरु भन्दा पनि थप भव्य सभ्य र व्यवस्थितरुपमा आयाेजन गर्नु पर्ने र प्रतियाेगितालाई समग्र पाेखराबासीले साथ दिनु पर्ने कुरामा जाेड दिए । अन्तरकृयामा वक्ताहरुले शुक्लाकाे जन्माष्टमी विशेष कार्यक्रम लाेक संस्कृतिकाे जगेर्ना पनि भएकाेले यसलाई लाेक सम्प्रदामा जनजागरणकाे तरंगस्वरुप आयाेजन गरिनु पर्ने कुरामा जाेड दिएका थिए ।
कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय भजन प्रतियाेगिता स्वागत भजन उपसमिति संयाेजक एव संस्थाका मानार्थ सदस्य नेत्रबहादुर बानियाँ, उपाध्यक्ष दीपेन्द्र बानियाँ , प्रचार प्रसार संयाेजक संजय थापा, छपाई तथा व्यानर उप-समिति संयाेजक यदुनाथ बन्जरा, महिला तथा सामाजिक संघसंस्था समन्वय उप-समिति संयाेजक शारदा बस्नेतले प्रतियाेगितामा अघि सारिएका याेजनागत कार्यक्रमहरु माथी प्रकास प्ररकाश पारे । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष गिता भण्डारीकाे स्वागत मन्तव्य रहेेको थियो ।
प्रतियाेगीता व्यवस्थापन तथा भजन प्रस्तुति उपसमिति संयाेजक लाेकराज आचार्यले प्रतिष्ठानले यसै हप्ताभित्र पाेखरा १९ र १६ का अलग अलग ठाउँमा यसप्रकारकाे अन्तरसंवाद कार्यक्रम गर्ने भएकाे कुरा जनाकारी गराए ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन प्रतिष्ठानका सचिव रामप्रसाद पाैडेले गरेका थिए ।












