योग प्रशिक्षक विनाको निधन
  • प्रमुख खबर

पोखरा ।।

योग विज्ञानका प्रशिक्षक विना केसी खवासको निधन भएको छ।पोखरा १६ बाटुलेचौर निवासी विनाको ५९ वर्षको उमेरमा शनिबार बेलुका उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।लामो समयदेखि अस्वस्थ रहेकी उनको आईतबार धार्मिक परम्परा अनुसार लामाचौरस्थित सती नर्वदा घाटमा अन्त्यष्टी गरिएको हो । यसअघि उनको निवासबाट शुरु भएको शवयात्रा नर्वदा घाटमा पुगेर शोक सभामा परिणत भएको थियो। स्वर्गीय खवास प्रति स्थानीयले पुष्प गुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिएका थिए।

हिमालय योग साधना केन्द्रकी योग प्रशिक्षक रहेकी खवासको निधनले त्यस क्षेत्रकाे सामाजिक तथा योग साधनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको स्थानीयले बताए। उनीहरूले स्वर्गीय खवासले आफ्नो जीवनकालमा पुर्याएको योगदानको स्मरण समेत गरे । स्वर्गीय खवासका श्रीमान र २ छोरी छन्।

यसैबिच कार्य समिति सदस्य खवासको निधन प्रति हिमालय क्लवले दु:ख व्यक्त गरेको छ। यस्तै बाटुलेचौर कालिलेक बचत तथा ऋण सहकारी संस्थाले पनि सहकारीका सह सचिब खवासको निधन प्रति दु:ख व्यक्त गरेको छ । उनी मानव जागृती श्रोता क्लव पोखराकी संस्थापक सदस्य समेत हुन्। विसं २०५९ मा सो क्लव गठन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्