नव आदर्श समाजले तीज महोत्सवको तयारी गर्दै
  • संजय थापा

असार,२८ पोखरा ।।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नव आदर्श सामुदायिक विकास समाज लामाचौरले तीज महोत्सव गर्ने भएको छ।

महोत्सव सफल बनाउनको लागि महिला समन्वय समितिले शुक्रबार विभिन्न आमा समुह र महिला जनप्रतिनिधि सँगै पोखरा वडा नं. १६ र १९ का आमा समूह लगायत विभिन्न संघ संस्थाहरु सँग महोत्सव तयारीका विषयमा छलफल गरेका छन्।

यस वर्ष समाजले  २९ औं संस्करणको  लामाचौर तीज महोत्सव गर्न लागेको हो । तीज महोत्सव कार्यक्रमा तीज गीत सहित खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र  राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिईने समाजले जनाएको छ। समाजले यहि भाद्र ८ गते देखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।

छलफलमा कार्यक्रममा पोखरा १६ का वडा सदस्य मञ्जु बस्याल र वडा नं. १९ का वडा सदस्य दुर्गादेवी बस्नेतले समाजलाई विगतका वर्षमा पनि तीज महोत्सव गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिन लागेको हुँदा खुसी व्यक्त गर्दै क्लबले गर्ने जुनसुकै कार्यमा पनि आफूहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

समाजका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  पूर्व अध्यक्ष एवं अर्थ संयोजक कमल थापा, पूर्व अध्यक्ष एवं सत्कार संयोजक समितिका अध्यक्ष संजय अधिकारी, पूर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी ,प्रथम उपाध्यक्ष शोभा केसी लगायतले  कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सिर्जना आमा समुहका अध्यक्ष शारदा पौडेलले स्वागत मन्तव्य राखिन् भने कार्यक्रम सञ्चालन महिला समन्वय समितिका सदस्य गीता भण्डारीले  संचालन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्