बालबालिकाले गरे बालआश्रलाई खाद्यान्न सहयोग
  • संजय थापा

असार ३०, पोखरा ।।
पोखरा महानगरपालिका वार्ड नम्बर १६ मा अवस्थित पोखरा मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थी बाबुनानीले पोखरा १९ लामाचौरमा अवस्थित कल्याणी बाल आश्रमलाई आफ्नै बाहुलीबाट खाद्यान्न सहयोग गरेका छन ।

तस्बिर – बालबालिकाले कल्याणी बालआश्रमलाई खाधन्न सामाग्री दिदै ।।

बावुनानीहरुले स्कुलमा आफूहरूले बिभिन्न कार्यक्रम गरी आफ्नो वेलफेयरमा संकलन गरेको रकम,बिद्यालय तथा शिक्षिकाहरुले दिएको रकम तथा अभिभावक मनिला राना, माया, शान्ति गुरुङले सहयोग गरेको रकम गरि करिव ३५ हजार बराबरको स्टेशनरी एवम् खाद्यान्न सामाग्री, ॐ श्री कल्याणी केन्द्र द्वारा संचालित कल्याणी बालआश्रममा सहयोग गरेको पोखरा मन्टेश्वरीका निर्देशक थिरबहादुर थापाले प्रमुख खबरलाई जानकारी दिए।

त्यसै गरी बालआश्रममा १५ जना बालबालिका आश्रित रहेको संस्थाकी केन्द्रकी प्रमुख भगवती खत्रीले जानकारी दिन् ।

पोखरामा धेरै मन्टेश्वरीहरू भएता पनि बालबालिकाहरूलाई शिक्षा सँगै सेवाको भावना सहित सहयोग गर्नुपर्छ भनेर सिकाउँदै अगाडि बढेको साथै उनीहरूले स्कुलले आयोजना गरेको कार्यक्रम वेलफेयरमा उनीहरुले जम्मा गरेको रकमले नै आज आश्रमलाई सहयोग गर्न पाएकोमा स्कुलकी प्रधानाध्यापक कल्पना थापाले खुसी व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालयका शिक्षकहरू सँगै आश्रमका सबै सदस्यहरूको सहभागिता रहेको थियो भने आश्रममा रहनुहुने सबैजना खुसी देख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्