पोखरा, असार ३०
पाेखरा १६ बाटुलेचाैरमा रहेकाे साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले साहित्यिक कार्यक्रमसंगै २१२ भानु जयन्ती कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका प्रमुख संरक्षक, हरिलाल तिमिल्सिना रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हरिबहादुर बरुवालले, रामायण पाठ गरेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेकी थिन् भने उपाध्यक्ष दीपेन्द्र बानियाँले आदिकवि भानुभक्त आचार्यकाे जीवनी र उनका कृर्तिहरु माथि प्रकाश पारेका थिए । कार्यक्रममा, मानार्थ सदस्य रामबहादुर बानियाँ, पाेखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पाेखरा १७ का वडाध्यक्ष राधिका शाही याेगी, नेपाल रेडक्रश साेसाइटी कास्कीका जिल्ला सभापति उर्मीला खड्काले शुभकामना मन्त्व्य राख्दै आदिकवि भानुभक्तले नेपाली समाजलाई दिएकाे भाषिक याेगदान र एकताकाे सन्देश कहिल्यै भुल्न नहुने बताए ।

कार्यक्रममा बाल साहित्यकार गेयन्द्रमान उदास ,मानार्थ सदस्य नेत्र बहादुर बानियाँ, सल्लाहकार,सुवास अधिकारी, जनप्रतिनिधि अमृत शर्मा तिमिल्सिना तथा आमा समूह सदस्य करुणा भट्टराई लगतयतले कविता पाठ गरेका थिए ।
कार्यक्रम संस्थाका कार्यसमिति सदस्य हरिबहादुर थापाकाे संयाेजकत्वमा भएकाे थियो । संस्थाका अध्यक्ष दुर्गादेवी बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामप्रसाद पाैडेलले गरेका थिए ।












