पोखराको बाटुलेचौरमा लाखे नचाईने
  • प्रमुख खबर

श्रावण १२, पोखरा ।।

नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच लाखे नाच पोखराको बाटुलेचौरमा प्रदर्शन गरिने भएको छ।

नेवा: खल: बाटुलेचौरको ब्यवस्थापनमा नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागी यही साउन १३ गते नाग पञ्चमीका दिन बेलुकी स्थानीय बाटुलेचौर, मैदानमा नाच देखाउन लागिएको हो।

पछिल्लो पुस्तालाई नेवा संस्कृति र कलाको विषयमा जानकारी दिन पनि उक्त नाचले सहयोग पुग्ने वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए । वडाध्यक्ष तिमिल्सिनाले उक्त नाच हेर्न र अवलोकनका लागि स्थानीयलाई आग्रह समेत गर्नुभएको छ।पोखराको बाटुलेचौर र लामाचौर क्षेत्रमा पनि नेवार समुदायको बसोबास रहेको छ । सो समुदायले संस्था नै गठन गरी नेवारी भाषा, कला र संस्कृतिको संरक्षण गर्दै आएका छन्।

समुदायले गाइजात्राको दिन लगायत विभिन्न पर्वहरूमा आफ्नो सांस्कृतिक भेषभुषा सहितका कार्यक्रम सञ्चालन गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्