सिन्धुलीबाट हराएको परिवार पोखरामा भेटिए
  • प्रमुख खबर

श्रावण १२, पोखरा ।।

शुक्रबारदेखि हराएका भनिएका सिन्धुलीका हायू परिवारका सबै सदस्य पोखराको गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) गर्न काम पोखरा आएको बताएका छन् । उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका ओलियाले जानकारी दिए ।

उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए ।

सिन्धुलीबाट हराएको परिवार पोखरामा भेटिए ।।

सिन्धुलीमा हायू परिवारका १६ जना ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।

हराइएका हायु परिवारको विवरण यस्तो थियो  ।

१) बर्ष ५२ की उर्मिला हायु (आमा)
२) बर्ष २७ की कमला हायु (छोरी)
३) बर्ष २३ की कोमल माया हायु (बुहारी)
४) बर्ष २२ की उषा हायु (छोरी)
५) बर्ष १९ की सुजता हायु (छोरी)
६) बर्ष १८ की अस्मिता हायु (छोरी)
७) बर्ष १२ की सान्ता हायु (छोरी)
८) बर्ष २९ को राजु हायु (छोरा)
९) बर्ष २४ को हिमाल हायु (छोरा)
१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) बर्ष ११ को लक्की हायु (छोरा)
१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) बर्ष १ को अर्जुन हायु (नाती)
१६) बर्ष ४ की रियासा हायु ( नातिनी

 

तपाईको प्रतिक्रिया दिनुहोस्