सर्वेश्वर शिव मन्दिरमा महाआरती एवम् विशेष धार्मिक कार्यक्रम हुने
  • प्रमुख खबर

श्रावण २५, पोखरा ।।
पोखरा महानगरपालिका वडा नं- १६ घार्मीखोलामा रहेको सर्वेश्वर शिव मन्दिरमा विशेष धार्मिक कार्यक्रमका साथै महाआरती हुने भएको छ।

यहि साउन २६ गते अन्तिम सोमबारका दिन शिव मन्दिर तथा गीता मन्दिर परिषरमा साँझ ५:३० बजे देखि बेलुका ८ बजेसम्म दिप प्रज्वलन, भक्तिमय भजन कीर्तन र महाआरती हुने मन्दिर विकास समितिका प्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार त्यस दिन सर्वेश्वर महादेवको महिमा प्रस्तुत गरिनुका साथै कृपा प्राप्त हुने बताईएको छ।महाआरतीको संचालन धार्मिक गुरु सुमित बजगाईंले गर्ने छन् ।

मन्दिर विकास समितिले सो धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य प्राप्त गर्न आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्