श्रावण २५, पोखरा ।।
विगतका वर्षहरूमा जसै यस वर्ष पनि लामाचौर तीज महोत्सव हुने भएको छ । जब वर्षमा एकपटक तीजको रोनक आउने गर्छ तब पोखरेलीले लामाचौरलाई भिन्दै तरिकाले चिन्ने गर्छन्। तिजको लहर नजिक आएसँगै लामाचौरमा एउटा भिन्दै रमाइलो छाउने गर्छ भने यहाँ तीजको दिन पोखरेली लगायत देशका विभिन्न जिल्लाबाट मेला हेर्न आउनेको धेरै नै घुइँचो लाग्ने गर्छ।
यसै अवसरमा आयोजना हुने अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा सम्झौता भएको छ । आयोजक नवआदर्श सामुदायिक विकास समाज र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजकतर्फबाट अध्यक्ष दिनेश भण्डारी र कन्सल्टेन्सीतर्फबाट पोखराका शाखा प्रमुख सलि देवान र बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णुप्रसाद गौतमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चिप्लेढुंगास्थित पोखरा ट्रेड मलको पहिलो र दोस्रो तलमा कार्यालय रहेको उक्त कन्सल्टेन्सीले अष्टेलिया, युके, यूएस, क्यानडा र न्यूजिल्याण्डमा विद्यार्थी पठाउँदै आएको छ ।
नवआदर्श सामुदायिक विकास समाजले संस्थाको आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् । अन्तरमावि छात्रा भलिबलसहित लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता यहाँको प्रमुख आकर्षण हो ।









