भाद्र ०५, पोखरा ।।
कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ स्थापना दिवस को अवसरमा बुधबार पालीखेचोकमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्की र कलम बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा १२ औ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता र पोखरा महानगर पालिका वड़ा न ९ का अध्यक्ष दीपेन्द्र मर्सानी प्रमुख आतिथी रहेका थिए । कार्यक्रममा प्रमुख मर्सानीले पहिलो रक्तदाता कलम साकोसका लेखा परीक्षक रुद्र नाथ पौडेललाई ब्लड ब्याग हस्तांन्तरण गरी कार्यक्रम को समूदघाटन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्की का सल्लाहकार लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष तथा कलम सहकारी का संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ, पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्की का अध्यक्ष गोबिन्द गौतम, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ८७ यूनिट रगत संकलन भएको पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सचिव रामप्रसाद सुबेदीले जानकारी दिए ।
कार्यक्रममा कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष रमेश राज बराल ले स्वागत मन्तब्य राखेका थिए भने पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका उपाध्यक्ष र रक्तदान कार्यक्रम संयोजक सञ्जय आचार्यले आ- आफ्नो भनाई राखेका थिए । भने कार्यक्रम संचालन पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका सचिव रामप्रसाद सुबेदीले गरेका थिए ।












