कास्की प्रहरीद्वारा लागू औषधसहित एक व्यक्ति पक्राउ
  • प्रमुख खबर

भाद्र १० गते, मंगलबार
पोखरा ।। कास्की प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा -८ इन्द्रपुरी मार्ग बस्ने ४६ वर्षीय रमेश थापा रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले विशेष सूचनाको आधारमा थापालाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीले ती व्यक्तिको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषधहरु जस्तै ब्रुफिनुर्फिन १ सय ६१ एम्पुल, डाईजापाम १ सय ३५ एम्पुल, फेनेरागन १ सय ६४ एम्पुल गरी जम्मा ४ सय ६० एम्पुल, गाँजा ४ किलो १०० ग्राम बरामद गरेको छ।

त्यस्तै उनको साथबाट प्रहरीले डिजिटल तराजु १ थान र मोबाइल १ थान समेत बरामद गरेको छ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्