सडक यातायात पत्रकारिता पुरस्कारबाट गिरी पुरस्कृत
  • प्रमुख खबर

भाद्र १९, पोखरा ।।

सडक यातायात पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार एकराज गिरी पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको सातौ वार्षिक साधारण सभामा गिरीलाई नगद २५ हजार, सम्मान पत्र र दोषल्ला ओढाएर पुरस्कृत गरिएको हो । गिरी सफल न्यूज डटकमका सम्पादक हुन् ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतल सम्मान गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा जन्मेका गिरीले २०६० सालदेखि अनवरत पत्रकारिता गरिरहेका छन् ।

गिरी यसअघि सहारा खेलकुद पत्रकारिता पुरस्कार, तत्कालिन जिल्ला विकास समितिबाट प्रदान गरिने वर्ष उत्कृष्ट पत्रकार पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् ।

प्रेस क्लब गण्डकीका अध्यक्षसमेत रहेका गिरी खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष, प्रेस चौतारी कास्कीको पूर्वकोषाध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको पूर्वसदस्य हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्