भाद्र २०, काठमाडौं
सामाजिक सञ्जाल एक्स ( पूर्व ट्विटर) ले नेपालमा आधिकारिक दर्ता प्रक्रिया अघि बढाउन आवश्यक कागजातबारे जानकारी माग गरेको छ।
शुक्रबार एक्सका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेलमार्फत दर्ताका लागि आवश्यक कागजातहरूको सूचीबारे सोधपुछ गरेका हुन्।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, एक्सले आवश्यक कागजातबारे जानकारी मागेपछि मन्त्रालयले त्यससम्बन्धी विवरण पठाइसकेको छ।
हालै सरकारले दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएपछि यो विषयमा पक्ष–विपक्षका बहसहरू चर्किएका छन्।









