जेन जीको आन्दोलन भड्किए पछि पोखरामा पनि कफ्र्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडको प्रयास गरेका थिए ।

सोक्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र गोली प्रहार गरेको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी गरेकी छन् ।









