सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी
  • प्रमुख खबर

भाद्र २४, काठमाडौं ।।

ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

प्रहरी स्रोतका अनुसार आन्दोलनकारीहरूले ढुंगामुढा गर्दै प्रहरी घेरा तोडेपछि निवासभित्र प्रवेश गरी आगो झोसेका हुन्।

सुरक्षा अधिकारीका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्