आश्विन २, काठमाडौं ।।
शुक्रबार(आज) बिहान एनसेलको सेवा तीन घण्टा प्रभावित हुने जनाएको छ।
कम्पनीका अनुसार नियमित प्राविधिक सुधार गर्नुपर्ने भएकाले भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म सेवा अवरुद्ध हुने बताइएको छ।
यस अवधिमा रिचार्ज, प्याक/सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने एनसेलले सूचना जारी जानकारी दिएको छ ।
उक्त सूचनामा एनसेलले आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको पनि बताएको छ ।












