असोज ०६, पोखरा ।।
पोखराको प्रमुख शक्तिपीठ विन्ध्यावासिनीमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनाका दिनदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।
नवरात्री भरी चल्ने महोत्सवमा विधी अनुसार पुजाअर्चना सहित विभिन्न कार्यक्रम हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ पनि गरिएको छ । महोत्सव अवधिभर बिहान ९ बजेदेखि मध्यान्न १२ बजेसम्म महायज्ञ सञ्चालन हुनेछ ।
यस्तै सतचण्डी महानुष्ठान र भजनकीर्तन पनि हरेक दिन हुनेछ । समितिले २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको गर्दै आएको छ ।












