नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँद
  • प्रमुख खबर

Oplus_131072

असोज १०, पोखरा ।।
बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन शुक्रबार(आज) देशभर देवी स्कन्दमाताको पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको विशेष आराधना गर्ने परम्परा छ।

यसअघि नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक आराधना भइसकेको छ।

आज भने भक्तजनहरूले नवदुर्गाको पाँचौँ स्वरूप स्कन्दमाताको आराधना गर्दै शक्ति, ऐश्वर्य र विद्या प्राप्त होस् भन्ने कामना गरेका छन्।

धार्मिक विश्वास अनुसार नवरात्रमा देवीको आराधना गरे शक्ति र सिद्धि प्राप्त हुन्छ। नवदुर्गाको नवौं दिनसम्म शक्तिकी प्रतिक माता दुर्गाको विभिन्न स्वरूपको पूजा गर्ने प्रचलन छ।

जसअन्तर्गत शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी सबै देवीको रूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ। नवरात्रसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्