नवरात्र अष्टमी : महागौरी देवीको विधिपूर्वक पूजा आराधना
  • प्रमुख खबर

Oplus_131072

असोज १४, पोखरा ।।
वडादशैं तथा नवरात्रको आठौँ दिन मंगलबार(आज) नौ दुर्गामध्येकी महागौरी देवीको विशेष पूजा आराधना गरी मनाइँदैछ।

वैदिक सनातनी परम्परा अनुसार आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विधिपूर्वक पूजा गर्ने प्रचलन रहँदै आएको छ।

वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ ।

आठौं दिन महागौरीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्