दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थप्दै
  • प्रमुख खबर

Oplus_131072

असोज १७, पोखरा ।।
आश्विन शुक्ल एकादशीका दिन अर्थात् दशैंको टीकाको दोस्रो दिन देशभर आफन्तसँग भेटघाटका साथै टीका थाप्ने चलन छ ।

विषेशगरी हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ ।

परम्परा अनुसार दशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन भए पनि केही स्थानमा भने हिजोमात्र टीका–जमरा लगाउने परम्परा कायम छ।

आजदेखि विशेषगरी माइती, मावली र ससुरालीतर्फ टीका थाप्न जाने प्रचलनले गाउँ–शहरका बाटोहरूमा चहलपहल बढेको छ।

कोजाग्रत पूर्णिमासम्मै आफन्तकहाँ पुगेर आशिर्वाद थाप्ने क्रम जारी रहनेछ।

दैवी शक्तिले आसुरी शक्तिमाथि विजय हासिल गरेको प्रतीकका रूपमा मनाइने वडादशैं, धार्मिक–सांस्कृतिक महत्वसँगै परिवार तथा आफन्तबीच भेटघाट र सौहार्दको पर्वका रूपमा पनि मनाइन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्