असोज १८, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा
पर्यटकलाई पदयात्रामा ननिस्कन आग्रह गरेको छ।
आगामी केही दिन सम्म हुने अत्यधिक वर्षा र हिमपातको सम्भावना रहेकोले प्रशासनले पर्यटकलाई पदयात्रामा ननिस्कन आग्रह गरेको हो ।
प्रशासनले शुक्रबार एउटा सार्वजनिक सूचना जारी गर्दै शनिबार(आज)देखि सोमबारसम्म मौसम असामान्य हुने प्रक्षेपण भएकाले पदयात्रा स्थगित गर्न सुझाव दिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) सहित मर्दी हिमाल आधार शिविर, मोडल–माछापुच्छ्रे, कपुचे र खुमई पदमार्गलाई विशेष संवेदनशील क्षेत्रका रूपमा सूचनामा उल्लेख गरिएको छ।
दशैं बिदामा यी पदमार्गहरूमा भीड लाग्ने भए पनि यस वर्षको प्रतिकूल मौसमका कारण पर्यटन व्यवसाय प्रभावित हुने देखिएको छ।









