असोज १८, पोखरा ।।
गण्डकी प्रदेशसभाको आगामी बैठक नयाँ स्थानमा बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार हालै जेन्जी आन्दोलनका क्रममा सभा हल र सचिवालय भवन पूर्णरूपमा जलेर ध्वस्त भएपछि बैठक स्थल परिवर्तन गरिएको हो।
प्रदेशसभाका सचिव गोविन्द पौडेलले शनिबार(आज) एउटा सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो।
भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणबस अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको थियो ।
तर प्रदेश सभामुखले स्थगित भएको सो बैठक असोज २२ गते दिनकाे १ बजे मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशको सभाहलमा हुने जानकारी गराएको प्रदेशसभाका सचिव पौडेलले बताएका छन्।









