बिहान–बेलुका चिसो बढ्न शुरू
  • प्रमुख खबर

असोज २४, पोखरा  ।।
केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ । यसको प्रभाव काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठाउँमा परेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्