मौसम पूर्वनुमान: कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • प्रमुख खबर

असोज २६, पोखरा ।।
आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अरू सबैजसो ठाउँको मौसम सफा छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज राती कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।

गएको जेठ १५ मा नेपाल भित्रिएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी अस्तिदेखि देशभरबाट बाहिरिएको थियो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभावले बदली र वर्षाको सम्भावना भने रहन सक्ने महाशाखाले जनाएको । त्यस्तै बिहान र बेलुका चिसो बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्