असोज २८, पोखरा ।।
नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका स्थायी घर भई हाल पोखरा- २०, भलाम बस्ने २४ वर्षीय सुजन वि.क. रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका ती युवकले सोमबार(हिजो) साँझ ८ बजेर ५० मिनेटको समयमा पोखरा -१२ बस्ने देविकला अधिकारीलाई पेस्तोल देखाएर लुटपाट गरेको थियो।
सो घटनाबारे जानकारी पाउना साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटेको प्रहरी टोलीले वि.क.लाई पक्राउ गर्न सफल भएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा उनले लुटपाटको लागि प्रयोग गरेको पेस्तोल नक्कली भएको बताएका छन्।
उनको साथ बाट प्रहरीले ग १३ प ९८३२ नं को मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। यस घटनालाई लिएर कास्की प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।












