कात्तिक ०८, पोखरा ।।
आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार केही ठाउँमा आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।
पर्सि सोमवार बेलुकीदेखि भने मौसममा सामान्य बदली हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । सोमबार गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले मौसम विज्ञान विभागसँगको सहकार्यमा निकालेको पछिल्लो कृषि मौसम सल्लाह बुलेटिनका अनुसार यो हप्ताको मध्य र अन्त्यतिर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने उल्लेख छ । किसानलाई मौसमको अवस्था हेरेर धान भित्र्याउन सल्लाह दिइएको छ ।









