प्रहरी कार्यालयबाट चोरी भएको समानसहित पोखरा -७ का जलारी प्रहरीको नियन्त्रणमा
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १४, पोखरा ।।
जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेर प्रहरी
कार्यालयहरूमा तोडफोड, आगजनी तथा लुटपाट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा–७ घारीपाटनका २६ वर्षीय विवश जलारी रहेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि  खोजी जारी राखेको जनाएको छ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार पक्राउ परेका जलारीका साथ बाट वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको ईओएस डिजिटल क्यामेरा १ थान र नम्बर प्लेट नभएको इन्जिन नम्बर JLYCJB77102 तथा चेसिस नम्बर MD2A36FY1JCB33360 भएको २०० सिसिको एनएस मोटरसाइकल १ थान बरामद गरिएको छ।

अहिले ती युवकमाथि अपराधिक उपद्रव सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार जलारी यसअघि कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा थिए।

उनी भदौं २४ गते कारागारबाट भागेर वडा प्रहरी कार्यालय बैदाम पुगी लुटपाट र चोरीमा संलग्न भएको खुलेको बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्