देशका अधिकांश भू–भागमा आज पनि मौसम सफा रहने
  • प्रमुख खबर

कार्तिक २१, काठमाडौं ।।
देशका अधिकांश भू–भागमा शुक्रबार(आज) पनि खुला आकाश देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै विशेष मौसमी प्रणाली सक्रिय नभएकाले सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाले दिएको विवरण अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिन सक्नेछ।

त्यस्तै यी दुई प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

समग्रमा आज देशका अधिकांश स्थानमा खुला र घमाइलो मौसम रहने महाशाखाको पूर्वानुमान छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्