आज अधिकांश ठाउँमा मौसम सफा, पहाडी भू-भागमा आंशिक बदली
  • प्रमुख खबर

कार्तिक २२, काठमाडौं ।।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।

हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार(आज)दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी प्रदेशहरूमा आकाश सफा रहने महाशाखाले जनाएको छ।

सो क्रममा कोशी र गण्डकीका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको बताइएको छ।

आज राति पनि कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्