फागुन २१ मा हने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन कात्तिक ३० सम्म
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २२, काठमाडौं ।।
देशभर आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत मतदाता नामावली संकलन चलिरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नागरिकबीच उत्साहजनक सहभागिता भइरहेको बताउँदै, नामावली संकलन यही कात्तिक ३० गतेसम्म चल्ने जानकारी दिएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तय भइसकेको छ। सो निर्वाचनमा मतदान गर्न अठार वर्ष उमेर पूरा गरेका मतदाताहरूले मात्रै मतदान गर्न सक्नेछन्।

आयोगले पुनः सबै योग्य नेपाली नागरिकलाई आफ्नो नामावलीमा नाम दर्ता गराउन समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्