कार्तिक २४, काठमाडौं ।।
काठमाडौं उपत्यका र पोखरासहित देशका अधिकांश भागमा सोमबार पनि मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन्। तर आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसोतिर पनि सो अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले बताएको छ।
त्यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
अन्य प्रदेशमा भने स्थिर र खुला मौसम रहने अनुमान गरिएको छ।मौसमविद्हरूका अनुसार पछिल्ला केही दिनदेखि स्थिर मौसमी अवस्था कायम रहँदा हावा–पानीको प्रभाव न्यून देखिएको छ। यसले देशका अधिकांश भागमा बिहानदेखि बेलुकासम्म सफा मौसमको अनुभूती दिएको छ।












