कास्की प्रहरीद्वारा जेनजी प्रदर्शनमा लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २४, पोखरा ।।
जेनजी प्रदर्शनका क्रममा कास्की स्थित प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक जना बालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा -४ मा डेरागरी बस्ने १६ वर्षका एक बालक रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका ती बालकसँग वडा प्रहरी कार्यालय बगरको स्वामित्वमा रहेको चाइनिज पेस्तोल (टाइप-५४, म्याग्जिन बिना) फेला परेको जनाएको छ।

विषेशगरी भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न व्यक्तिहरूमाथि कास्की प्रहरीले अनुसन्धान जारी गरेको थियो।

सोही क्रममा प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा हिजो आइतबार सो बालकलाई नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरीबहादुर वस्नेतका अनुसार पक्राउ परेका बालकविरुद्ध “आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसूरमा” जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई समेत तीव्र पारिएको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्