कार्तिक २६, एजेन्सी ।।
भारत र पाकिस्तानपछि अब बङ्गलादेशको राजधानी ढाकामा पनि शृङ्खलाबद्ध बम विस्फोट भएको छ।
सार्वजनिक यातायात, सरकारी कार्यालय र धार्मिक स्थलहरूलाई लक्षित गरी भएका विस्फोट र आगजनीका घटनाले शहरमा त्रास फैलिएको छ।
विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको कम्तीमा पनि ११ स्थानमा बम विस्फोट भएको ढाका प्रहरीले पुष्टि गरेको जनाएको छ।
उक्त विस्फोटनपछि केही स्थानमा आगलागी समेत भएको बताइएको छ। सो घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकायहरू वरिपरि सभा–जुलुस र भीडभाडमा प्रतिबन्ध लगाएको छ।
सुरक्षा बलहरूलाई शहरभर उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील क्षेत्रमा प्रहरी गस्ती र निगरानी अझ कडा पारिएको छ। हालसम्म कुनैपनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन ।









