पोखरा बिहानैदेखि घमाइलो, उपत्यकामा आंशिक बदली मात्र
  • प्रमुख खबर

कार्तिक २८, काठमाडौं ।।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा शुक्रबार(आज) बिहान आंशिक बदलीयुक्त मौसम देखा परेको छ।

बिहान केही समय बादल लागेको भए पनि दिउँसो भने घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यता, पोखरामा भने बिहानदेखि नै घाम लागेको छ। जसले पोखराको बिहानी मौसम घमाइलो भएको छ।

महाशाखाका अनुसार अहिले देशभर कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन। यही कारण आज राति पनि अधिकांश स्थानमा आकाश खुला रहने अनुमान गरिएको छ। तर, केहि क्षेत्रमा भने हल्का बादल लाग्ने सम्भावना कायम रहने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्