मौसम प्रणाली कमजोर, अधिकांश भू-भागमा सफा आकाश
  • प्रमुख खबर

कार्तिक २९, काठमाडौं ।।
देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिए पनि अन्य अधिकांश भू–भागमा मौसम सफा रहने छ।

दिउँसो समेत यी प्रदेशहरुका पहाडी भू-भागमा हल्का बदली रहने अनुमान गरिएको छ भने मधेस, तराई र अन्य तल्लो भू–भागमा सफा मौसम रहने महाशाखाले जनाएको छ।

यस्तै राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा केही बादल कायम रहने तर देशका बाँकी भागमा मौसम सामान्यतया खुला रहने अनुमान गरिएको छ ।

मौसम सफा भएसँगै देशका विभिन्न ठाउँमा यतिबेला किसानहरू धान काटेर थन्क्याउन व्यस्थ छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्