गोरखामा बस दुर्घटना, केही यात्रु घाइते
  • प्रमुख खबर

मङ्सिर १४,गोरखा

गोरखाको १२ किलो क्षेत्रमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको बस सडकबाट केही तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैका स्वास्थ्य संस्थानमा पुर्‍याइएको जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्