मंसिर २४, काठमाडौं ।।
बुधबार(आज) कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि हाललाई वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यी क्षेत्रबाहेक देशका अधिकांश स्थानमा आजको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले मौसमी अवस्था स्थीर रहने मौसमविद्हरूले बताएका हुन्।
यसले गर्दा तापक्रम र आकाशको अवस्था सामान्य नै रहनेछ। महाशाखाले आज रातिसमेत देशभरको मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ।
मौसम सामान्य रहे पनि बिहान र साँझ चिसो बढ्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र चिसोबाट प्रभावित हुन सक्ने व्यक्तिहरूले स्वास्थ्यमा ध्यान दिन मौसमविद्हरूको सुझाव छ।












