मंसिर २९, काठमाण्डौं ।।
नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।














