कोशी र बागमतीका उच्च भेगमा बदली अन्य ठाउँको मौसम सफा
  • प्रमुख खबर

पौष २, काठमाडौं ।।
बुधबार(आज) कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिए पनि देशका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा पश्चिम तराईका केही स्थानमा हुस्सु लागेको जसका कारण त्यहाँ दृश्यता केही कम हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। यसका कारण दिउँसो देशका अधिकांश भू–भागमा मौसम खुल्ला र स्थिर रहने सम्भावना छ।

वर्षा, हिमपात वा तीव्र हावाको कुनै खास जोखिम नरहेको पनि महाशाखाले जनाएको छ । मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा बिहानको समयमा हुस्सुका कारण सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन्।

यस्तै पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदली रहेपनि समग्रमा आजको मौसम जनजीवन र दैनिक गतिविधिका लागि अनुकूल रहने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्