नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित
  • प्रमुख खबर

पुष ०८, काठमाडौं ।।

नेपाल जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसै गरी कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय, स्वपना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, योगेश राजवंशी र उपाध्यक्षमा  मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ,  एन्जिला खड्का, देबु बानियाँ, रुपकबहादुर विष्ट र सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए ।

नेपाल जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशन धनुषाको जनकपुरधाममा सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्