पोखरा बहुमुखी क्याम्पसको अध्यक्षमा शंकर गुरुङ निर्वाचित
  • प्रमुख खबर

पौष १२, पोखरा ।।
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको शनिबार(आज)३९औँ साधारण सभा तथा आठौँ अधिवेशन सप्पन्न भएको छ ।

अधिबेशनले सामाजिक व्यक्तित्व शंकर गुरुङको अध्यक्षतामा क्याम्पस सञ्चालनका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष गुरुङ यस भन्दा अघि लगातार दुई कार्यकाल क्याम्पसको कोषाध्यक्ष पदमा रहि काम गरिसकेका छन्।

समितिको अन्य सदस्यहरुमा समीर गुरुङ, हस्त बहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित भएका छन् ।

दुई सयभन्दा बढी सिनेटर सदस्यहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।
अधिवेशन पछि कार्यभार हस्तान्तरण गर्दै यस अघि दुई कार्यकाल सम्पन्न गरेका निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस जस्तो शैक्षिक संस्थामा नितान्त सेवाभावले नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्राप्त व्यक्तिगत तथा सामाजिक उपलब्धिबारे चर्चा गरे।

उनले क्याम्पसको उत्थान र प्रगतिका लागि जीवनपर्यन्त समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरे। समारोहलाई सम्बोधन गर्दै क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थाहरूलाई व्यक्तिगत पूर्वाग्रहबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

त्यस्तै सबैको साथले आज क्याम्पस यो अवस्थामा आइपुगेकोमा सबैपप्रति आभार व्यक्त गरे ।

निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, सामाजिक व्यक्तित्व तथा क्याम्पसका आजीवन सदस्यहरू योगेन्द्र प्रधान, विश्व मोहन गौचन, देवकुमारी हिराचन, रवीन्द्र माकाजु तथा वडा नं. ९ का सदस्य गीता चर्माकार लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन क्याम्पस प्रमुख शिशुकला पराजुलीले गरेकी थिइन् ।

निर्वाचन सम्पन्न गर्न अधिवक्ता प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्णप्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

यस्तै क्याम्पसको आठौँ अधिवेशन सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको जानकारी क्याम्पस प्रमुखले पराजुलीले दिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्