पौष १४, पोखरा।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज पनि तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहेको छ । विषेशगरी आज पहाडी तथा हिमाली भू-भागमा आंशिक रूपमा मौसम बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो केही दिन यता तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले त्यहाँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव परेको छ।
यस्तै पोखरामा पनि केही दिन यता चिसो निकै बढेको छ । बिहान र बेलुकी चिसो बढे पनि दिउँसोको समयमा घाम लागेको हुँदा यसले जनजीवनमा सहज नै भएको छ ।












