बाक्लो हुस्सुको चपेटामा तराई, पोखराको तापक्रम ७ डिग्री सेल्सियस
  • प्रमुख खबर

पौष १६, पोखरा ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार (आज) पनि तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

पुस महिनाको पहिलो हप्तादेखि निरन्तर देखिएको हुस्सु–कुहिरो ले तराईको जनजीवनलाई उल्लेख्य रूपमा प्रभावित बनाएको छ।

बाक्लो हुस्सुका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ भने यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

पोखरामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस क्षेत्रको दिउँसोको तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने र राति पूर्न ७ डिग्रीसम्म झर्ने मौसमविद्ले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्