पश्चिमी वायुको प्रभावः देशभर मौसममा बदली, तराई क्षेत्रमा आज पनि लाग्यो हुस्सु
  • प्रमुख खबर

पौष १९, पोखरा ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका धेरै ठाउँमा शनिबार(आज) पनि हुस्सु लागेको छ ।

पौष महिना लागे लगत्तै तराई–मधेशका धेरै ठाउँमा लगातार हुस्सु र कुहिरो लाग्दा त्यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ।

महाशाखाका अनुसार विषेशगरी देशभर नै पश्चिमी वायुको प्रभाव रहेकोले मौसममा बदली देखिएको हो ।

यस्तै आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा भने मौसम आंशिक बदलीको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्