पौष २४, पोखरा ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यस वायुको प्रभावका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको महाशाखाले बताएको छ ।
त्यस्तै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै तराई भू-भागका केही ठाउँहरुमा भने बिहीबार (आज) पनि हुस्सु लागेको छ । दिउँसोसम्म नै तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ ।
सो क्षेत्रमा लागेको हुस्सु तथा कुहिरोको कारण त्यहाँको दैनिक जनजीवन कष्टकर बनेको छ भने पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
यस्तै आज पोखराको मौसम भने रमाइलो छ। बिहानै लागेको घामको कारण यहाँको मौसम आज घमाइलो छ ।












